चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन् ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले डा. केसीका माग जायज भएको बताएका हुन् ।
‘डा. केसीले उठाएका माग जायज छन् तर, यी विषय वैज्ञानिक ढंगले समाधान गर्नुपर्छ ।’ दाहाललाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विष्णु सापकोटाले भने । माग जायज भए पनि मुलुकमा संसद भएकाले त्यहाँबाट टुंग्याउनुपर्ने विषयलाई चुनौती दिन भने नहुने दाहालको भनाई छ । नागरिक दैनिकमा खबर छ ।
Credit : onlinepana.com
