पेट्रोलियम पदार्थको मूल्यबृद्धिबारे सभामुखबाट सरकारको ध्यानाकर्षण

काठमाडौं : सभामुख कृष्णबहादुर महराले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकको सुरुमै प्रतिपक्षी दलका सांसदले इन्धनमा  भएको मूल्यबृद्धि फिर्ता लिनका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले त्यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठक सुरु हुनासाथ समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले ३ महिनाभित्र पाँचपटक पेट्रोलिम पदार्थको मुल्य बृद्धि भएको भन्दै मूल्यबृद्धि फिर्ता लिन सरकारसँग माग गरेका थिए ।

खेती लगाउने समयमा इन्धनमा मूल्य बढाएर सरकारले किसानलाई मार्न खोजेको उल्लेख गर्दे उनले मूल्यबृद्धिको प्रभाव खाद्य वस्तु, यातायात लगायत सबै क्षेत्रमा देखिएको भन्दै मूल्यबृद्धि फिर्ता लिनका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए । शनिबार रातीदेखि लागू हुने गरि सरकारले इन्धनको मुल्य बृद्धि गरेको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.