पाल्पामा बस दुर्घटना हुदा १२ जनाको मृत्यु २५ घाइते

पाल्पामा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।मृतक १२ मध्ये ११ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा  विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, सुशील प्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल, बसन्ती खाँड, गीता

बुढाथोकी, संकेत बज्राचार्य रहेका छन् । ११ जनाको घटनास्थलमै र एक जनाकोउपचारका लागि पाल्पा लैजानै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।  दुर्घटनामा परी घाइते लार्इ उद्धार गरी अस्पताल लगिएको छ ।

लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट खसेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भए पनि सनाखत हुन बाँकी छ । बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.