पलाँता पूर्णखोपमुक्त गाउँपालिका घोषणा

कालीकोट: जिल्लाको अति दुर्गम गाउँपालिकामध्ये रहेको पलाँता पूर्णखोपयुक्त गाउँपालिका घोषणा भएको छ ।

बुधबार एक कार्यक्रमका बीचमा जिल्ला स्वास्थ्य कार्यालय, कालीकोटको आयोजना तथा पलाँता गाउँपालिकाको समन्वयमा पूर्णखोपयुक्त गाउँपालिका घोषणा भएको हो ।

पलाँता गाउँपालिकाका साविकका गाविस खिन, थिर्पू र धोलागोहका सबै गाउँमा बालबालिकालाई खोपसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भएको र खोपभन्दा बाहिर कोही नभई सम्पूर्ण सहभागी गराइएकाले पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए ।

यसअघि पचालझरना गाउँपालिकालाई पनि पूर्णखोप युक्त गाउँपालिका घोषणा भएको थियो ।

पलाँता गाउँपालिकाका दुई हजार सात घरधुरी रहेकोमा सात सय ५० बालबालिका खोपको पहुँचमा रहेको बताइएको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.