अविरल वर्षापछि आएको पहिरोमा परी जलजला–८ लस्तीकामा ६ जना वेपत्ता भएका छन् । स्थानीय लस्ती खोलाले किनारमा गरेको कटानसँगै गएराती माथिबाट झरेको पहिरोका ६ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
पानी पर्ने क्रम नरोकिएकाले उनीहरुको खोजीकार्यमा कठीनाई भइरहेको प्रहरीले जनाएको छ । मंगलबार साँझदेखिको मुसलधारे वर्षापछि बढेको लस्तीखोलाले कटान गर्दा त्यहाँका करीब दुई दर्जन घर नै जोखमममा परेको बताइएको छ ।
Credit : raranews.com
