नेपाल सरकारविरुद्ध राष्ट्रसंघमा उजुरी

अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा र उनले उठाएका मागहरु पुरा गर्न माग गर्दै अमेरिकाको विभिन्न स्थान प्रदर्शन गरिएको छ। अमेरिकामा रहेका नेपालीहरुले प्रर्दशन गर्दै केसीको समर्थनमा हस्ताक्षर अभियान सुरु गरेका छन्।

तीनदिनबाट सुरु गरिएको हस्ताक्षर संकलनमा १५ हजार हस्ताक्षर संकलन भएको र एक लाख पुगेपछि राष्ट्रसंघलाई बुझाइने अभियानकर्ता शिवप्रकाशले बताए।

टेक्सासमा आज भएको प्रदर्शनलाई सम्बोधन गर्दै सामाजिक अभियान्ता सुमन न्यौपानेले सुरुमा महात्मा गान्धिलाई विश्वमा कसैले नचिनेको तर पछि उनको अभियानले विश्वमा व्यापकता पाएको स्मरण गर्दै डा. केसीको अभियान देश र जनताको हितमा रहेको बताए। उनले केसीको अभियानमा देश भित्र र बाहिरबाट साथ दिनुपर्ने बताए।

एनआरएन अमेरिकाका युथ कोर्डिनेटर स्वराज खातीले डा. केसीको माग र उनको अभियान देश र जनताको हितमा भएकाले उनको मागमा ऐक्यवद्धता जनाइएको बताए।

शिवप्रकाशले डा.केसीको प्राण रक्षा गर्न संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिने बताए। बेलैमा आयोगसमक्ष केसीको जीवन रक्षाका लागि एक लाख हस्ताक्षर पु-याउनु अभियानको उद्देश्य रहेको उलने बताए।

सरकार केसीका मागप्रति गम्भिर नबनि क्रुर बन्दै गएकाले केसीको जीवन रक्षाको माग गर्दै मानव अधिकार उल्लंघनको आरोपमा नेपाल सरकारविरुद्ध राष्ट्रसंघमा चार हजार उजुरी पठाइएको पनि शिवप्रकाशले बताए। राष्ट्रसंघका साथै मानवधिकार उच्चायोग, जेनेभा, स्विट्जरल्याण्डमा जानकारी गराइएको उनले बताए। यसले केसीका माग सम्बाेधनमा पहल हुने अाफुहरूले विश्वास लिएकाे उनले बताए।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.