नेपाल प्रवेश गर्‍यो आईसीसीको एकदिवसीय वरीयतामा

 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालसहित स्कट्ल्याण्ड, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) लाई एकदिवसीय टिमको वरीयतामा समावेश गरेको छ । जुन १ देखि लागू हुने गरी नेपालसहित स्कटल्याण्ड, नेदरल्याण्डस र युएईलाई वरीयतामा समावेश गरेको हो ।

यसअघि आईसीसीको विश्वकप छनोटबाट नेपालले एकदिवसीय मान्यता पाएको थियो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेको नेदरल्याण्ड्सले यसअघि नै एक दिवसीय मान्यता पाएको थियो । स्कटल्याण्ड, नेपाल र युएईले आईसीसी क्रिकेट विश्वकप छनोट, २०१८ मा शीर्ष तीनमा पर्न सफल एसोसिएट राष्ट्रका रुपमा एकदिवसीय मान्यता पाएका हुन् ।

स्कटल्याण्ड २८ अंकसहित १३औँ स्थानमा रहेको छ भने युएई १८ अंकसहित १४औं स्थानमा छ । नेदरल्याण्ड्सको १३ अंक रहेको छ भने नेपालले कुनै पनि अंक पाएको छैन । अब दुवै टोलीले ४ खेल खेलेपछि एकदिवसीय वरियातामा सूचीकृत हुनेछन् ।

शीर्ष १२ बाट बढाएर १४ सम्म पुर्‍याएको वरीयतामा स्थान बनाउन नेपाल र नेदरल्याण्डसले अब चार वटा एक दिवसीय खेल खेल्नुपर्ने हुन्छ, त्यसपछि मात्र आईसीसीले नेपाल र नेदरल्याण्ड्सलाई एक दिवसीय वरियताको शीर्ष १६ भित्र राख्नेछ । एकदिवसीय मान्यता पाएका टोलीसँगको खेलपछि कुनै पनि टोलीले अंक बटुल्न सक्नेछन् ।

एक अर्काविरूद्ध खेलिने हरेक खेलबाट बरियताका लागि चाहिने आवश्यक अंक लिनेछन् । सन् २०१५ मे देखि अप्रिल २०१७ सम्म खेलिएका खेलको अंक ५० प्रतिशत र सन् २०१७ मे देखि यता खेलिएका खेलको अंकभार शत प्रतिशत हुने आइसिसिले जनाएको छ।

यसरी बरियतामा थपिएका चार टिमले पहिलेदेखिनै टेष्ट मान्यताका साथ शीर्ष १२ मा रहेका देशको वरियतामा कुनै असर नगर्ने आईसीसीले जनाएको छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.