नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस एजेण्डा विहिन भएपछि डा गोविन्द केसीको फेरो समाउन आएको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले केसीका मागलाई समाएर बैतर्नी तर्न खोजेको हो भन्दै प्रश्न समेत गर्नुभएको छ । पुष्पलाल
स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले डा केसीसँग वार्ता गरेर समस्या समाधान गर्न खोजे पनि प्रतिपक्षी कांग्रेसले उनको मागलाई आफ्नो राजनीतिक हतियार बनाउन खोजेको आरोप समेत लगाउनु भएको छ । ‘नेपाली कांग्रेसले के गर्न
खोजेको हो उहाले भन्नुभयो,‘कांग्रेसले डा केसी मार्फत आफ्नो राजनीति गर्न खोजेको हो के कांग्रेसको अब अरु कुनै एजेण्डा छैन यदी हो भने कांग्रेस अब सकियो । उहाले हिजो प्रधानमन्त्री केपी शर्मा ओली, आफू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच डा केसीको
अनसनलाई लिएर छलफल भएको बताउँदै लोकतान्त्रीक प्रणालीबाट नै समस्याको समाधन गर्नुपर्ने विषय आफूले उठाएको जानकारी दिनु भयो । हामीले हिजो मात्रै शेरबहादुर देउवाजीसँग छलफल गरेका थियौं उहाले भन्नुभयो, ‘देउवाजीले डा केसीलाई मनाउनुस् हामी मान्न तयार छौं । उहाँ मान्नुभएन भने हाम्रो आन्दोलन जारी छ भन्नुभयो ।
Credit : raranews.com
