नेपालीलाई कतारमा गोली हानेर ‘मृत्युदण्ड’ दिने फैसला

कतारको अदालतले हत्या अभियोगमा एक नेपालीलाई मृत्युदण्डको ‘फैसला’ सुनाएको छ । कतारी नागरिक मोहम्मद एम्ययर अल रमाजैनी अल नुएमीको हत्या अभियोगमा त्यहाँको तल्लो अदालतले अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको हो ।

यो फैसलाउपर नेपाली दूतावासले त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । हत्या अभियोगमा औरही– १, महोत्तरीका चौधरी २०१७ अप्रिल पहिलो साता पक्राउ परेका थिए । मृत्यु नभएसम्म गोली हानेर मृत्युदण्ड दिने फैसला अदालतले सुनाएको हो ।

पुनारावेदनमा बहस गर्न झन्डै ३० हजार रियाल (करिव ६ लाख रुपैयाँ) लाग्ने भन्दै दूतावासले बजेट उपलब्ध गराउन सरकारलाई अनुरोध गरेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.