नवौं कोरियन भाषा परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ । काठमाडौं, ललितपुर र पोखरामा हुने भाषा परीक्षाका लागि २८ केन्द्र तोकिएको वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले जनाएको छ ।
सन् २०१९ मा रोजगारीका लागि कोरिया जाने गरी आह्वान गरिएको दरखास्तामा ८२ हजार २ सय ३५ ले आवेदन दिएका छन् । सन् २०१९ का लागि कोरिया सरकारले टप ७ हजार १ सयभित्र पर्ने मात्र जान पाउने व्यवस्था गरेको छ ।
मासिक न्यूनतम पारिश्रमिक १ लाख ५० हजार रुपैयाँ हाराहारी हुने भएकाले पछिल्लो समय कोरिया जान खोज्नेको संख्या बढ्दो छ रहेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।
नेपालमा कहाँ–कहाँ छन् कोरियन भाषा परीक्षा केन्द्रहरू ?

Credit : newskoseli.com