नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । फोरम नेकपा नेतृत्वको सरकारमा नेपाल सहभागी भएसँगै पार्टी एकताका लागि अनौपचारिक छलफल भएको छ ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल सुरू भएको हो । शीर्ष नेताहरुबीच अनौपचारिक छलफल भए पनि औपचारिक बैठकमै एजेन्डाका रुपमा एकताको कुरा नआएको स्रोतको दावी छ ।
फोरम नेपाल सरकारमा सहभागी भएसँगै पार्टी एकताको विषयमा अनौपचारिक छलफल भएको नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले बताए । फोरम अध्यक्ष यादव मधेस आन्दोलनबाट नेपाली राजनीतिमा चर्चामा आएका नेता हुन् । फोरम नेपालको अध्यक्ष हुनुअघि उनी तत्कालीन नेकपा एमाले हुँदै नेकपा (माओवादी) को राजनीतिमा सक्रिय रहेको खबर साेमबारको राजधानी दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
