नेकपाको कार्यालय : पेरिडाँडा ‘मुख्य’, धुम्बाराही ‘सहायक’ !

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यालयको टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी टुंगो लगाइएको हो ।

नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी ओली र प्रचण्ड र महासचिव विष्णु पौडेल तथा जनवर्गीय संगठन र पार्टीका विभिन्न आयोगको कार्यालय पेरिडाँडामा रहने गरी टुंगो लगाएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।

अध्यक्षद्वयसहित सचिवालयका ९ सदस्यहरूको कार्यकक्ष धुम्बाराहीमा व्यवस्थापन गरिने निर्णय भएको उनले बताए । सचिवालय सदस्यका लागि फरक–फरक कोठामा कार्यकक्ष तयार पारिनेछ ।

धुम्बाराहीस्थित कार्यालय भाडाको घरमा भएको र पेरिसडाँडास्थित कार्यालय परिसरमा पर्याप्त खालि ठाउँ रहेकाले पार्टीका धेरै काम भने पेरिडाँडा कार्यालयबाटै हुने खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.