गायिका मन्जु पौडेल र सन्तु थापाको आवाज रहेको तीज गीत ‘छम्म छम्म’ सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आशिष अविरलको संगीत संयोजन रहेको छ ।
निता ढुंगाना र दिपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । तीजमा ब्रत बसेकी श्रीमती तब खुशी हुन्छे जब उसको पति उसँगै नाच्न आउँछ । गीतको यही भावलाई भिडियोमा देखाइएको छ ।
भिडियो राजेश घिमिरेले छायांकन र बिष्णु शर्माले सम्पादन गरेका छन् । आधुनिक गीतको भिडियोमा मोडलिङको अनुभव लिइसकेका दिपेन्द्र पत्रकार तथा उद्घोषक पनि हुन् । उनले तीज गीतमा भने पहिले चोटि मोडलिङ गरेका हुन् ।
Credit : onlinepana.com
