देशभरका स्वास्थ्य संस्थामा सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

डा केसीको माग सम्बोधनमा सरकारलाई दबाब दिन भन्दै नेपाल चिकित्सक संघले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आजसम्म केसीको माग सम्बोधन नभए बिहीबार देशभरका सरकारी, सामुदायिक एवं निजी

स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने बताएको छ। सघंले सरकार आफैँले विज्ञहरूको समिति बनाएर दिएको प्रतिवेदनको आधारमा विधेयक ल्याउनुपर्ने भन्दै डा। केसीको माग पूरा नगरेर केसीको ज्यानसमेत त्याग्नुपर्ने अवस्था आएको भन्दै संघले केसीको जीवनरक्षाका लागि जस्तोसुकै कठोर कदमसमेत चाल्ने स्पष्ट पारेको छ। हाल सघंले बुधबार एकदिनको लागि मात्र

आकस्मिकबाहेकका सेवालाई ठप्प पार्ने आह्वान गरिएको तर बिहीबारसम्ममा पनि केसीको माग पूरा नभए अनिश्चितकालीन रूपमा आफूहरूले स्वास्थ्य संस्थाको सेवा आकास्मिकबाहेकका सेवा ठप्प पार्नेसमेत चेतावनी दिएको छ। यस्तै संघले ढिलै भए पनि सरकारले केसीको माग सम्बोधन गर्न वार्ता समिति बनाएकोमा धन्यवादसमेत दिएको छ। यता १९ औँ दिनदेखि अनशनरत

डा गोविन्द केसीले आज मात्र एक विज्ञप्ति निकाल्दै कर्मचारीस्तरको वार्ताको औचित्य नभएको हुनाले मन्त्रीस्तरबाट वार्ता गर्नुपर्ने माग राखेका छन्। तोडमोड नगरी तत्काल चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पठनपाठन सुरु गर्नुपर्नेलगायत माग राख्दै डा। केसी गत असार १६ गतेदेखि जुम्ला पुगेर १५औँपटक अनशन बसिरहेका छन्। अनशनको १९औँ दिनसम्म आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताइँदै आइएको छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.