देउवा-पौडेल विवाद मिल्यो

नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको आन्तरिक विवाद मिलेको छ । सरकारविरुद्धको गतिविधिमा एकमत भए पनि यी दुई गुटबीच पार्टीको आन्तरिक गतिविधिमा विवाद थियो ।

देउवा र पौडेल गुटबीचको आन्तरिक विवादकै कारण विधान मस्यौदा समिति बन्न सकेको थिएन ।मस्यौदा समितिमा बस्ने नेताको नाम पौडेल पक्षले आज उपलब्ध गराउने भएसँगै आजै विधान मस्यौदा समिति गठन हुने सम्भावना रहेको छ ।

विधान संशोधन तथा परिमार्जनका लागि आगामी भदौमा महासमिति बैठक आयोजना गरिने भनिए पनि विधान मस्यौदा समिति गठन हुन सकेको थिएन ।

मस्यौदा समिति गठन गर्ने कुरामा पौडेल पक्षसँग सहमति भएपछि विभिन्न केन्द्रीय विभाग गठन गर्ने विषयमा पनि सहमति जुट्ने बताइएको छ । कांग्रेसभित्र सभापति देउवा, वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौला गुट छ ।

साथै प्रभावशाली नेताहरुको छुट्टै उपगुट पनि रहेको छ ।आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.