दुरी बढ्यो फोरम–राजपाबीच…

 

संघीय समाजवादी फोरम नेपालको सत्तारोहणसँगै प्रदेश– २ मा सहयात्रा गरिरहेका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीचको दुरी बढेको छ ।

फोरमले मधेसका मुद्धा छाडेर सरकारमा गएको आरोप राजपाका नेताहरुले लगाएका छन् । राजपा भने तत्काल सरकारमा जाने सम्भावना छैन । सरकारमा जान राजपाले रेशम चौधरीको रिहाई हुनुपर्ने र संविधान संशोधन हुनुपर्ने सर्त राखेको छ ।

सरकारले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएकै भरमा फोरम सरकारमा जानु उचित नभएको राजपाका नेताहरुको भनाइ रहेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.