संसद् सचिवालयले सरकारी बजेट थन्क्याएर दाताको बजेटमा संघीय संसद्का ३ सय ३४ सांसदलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण दिन लागेको छ ।
संसद् सचिवालयले संसदीय प्रशिक्षण शीर्षकमा ३७ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएर पनि राष्ट्रंघीय विकास कार्यक्रम युएनडीपी को लगानीमा नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दुईदिने प्रशिक्षण राखेको हो । बुधबार सुरु हुने प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदलाई सहभागी गराइने जनाइएको छ ।
प्रशिक्षणको आयोजक संसद् सचिवायलय भनिए पनि सम्पूर्ण खर्च युएनडीपीले व्यहोर्ने जानकारी स्रोतले दिएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
