दरबार हत्याकाण्ड भएको आज (शनिबार) ठ्याक्कै १६ वर्ष पूरा भएको छ । भनिन्छ– दरबार हत्याकाण्डमा षड्यन्त्र भएको छ तर त्यो षड्यन्त्र कसले गर्यो रु कसैले पत्ता लगाउन सकेको छैन ।
नेपाली जनताले सधैँ भन्ने गरेका छन्– राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्डको वास्तविकता पत्ता लगाइयोस् । दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि हत्याकाडलगत्तै पूर्वराजा ज्ञानेन्द्रले भत्काउन लगाएको हत्याकाण्डस्थल त्रिभुवन संग्रहालयको निर्माण सम्पन्न भएको छ ।
बल्ल एउटा मात्र चाहना पूरा भएको छ, दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सदन हेर्ने । अझै दुई वटा इच्छा पूरा हुन सकेका छैनन्– श्रीपेच र हत्या गरिएका वीरेन्द्र परिवारको घर श्रीसदन हेर्ने ।
दरबार हत्याकाण्डसम्बन्धी यो खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
