तस्करीको सुनसहित एक जना पक्राउ

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर सुनको गहना तस्करी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषको गणेशमान चारनाथ–४ घर भइ हाल काठमाडौंको तिलगंगा बस्ने ३२ वर्षीय श्याम सुन्दर यादव छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका कामदारलाई प्रयोग गरेर सुन भित्र्याएको आरोपमा उनलाई महानगरीय प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको हो । उनको साथबाट सुनका चुराहरु दुई वटा (१ सय ग्राम) र नगद ३२ हजार ५ सय रुपैयाँ फेला परेको छ ।

थप अनुसन्धान र कारबाहीका लागि उनलाई भिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले बताए ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.