डोल्पा : सरकारी कार्यालय प्रमुख र कर्मचारी हाजिरसम्म हुँदैनन्

डोल्पा : डोल्पाका सरकारी कार्यालय नेतृत्व विहिन बनेका छन्। जिल्ला प्रशासन कार्यालय डोल्पाले जिल्लामा रहेका सरकारी कार्यालयहरूमा छड्के रुपमा अनुगमन गर्दा सात कार्यालय प्रमुख विहिन भेटिएका हुन्।

त्यस्तै, ९० भन्दा बढी सरकारी कर्मचारी काममा नभेटिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी भुप्रेन्द्र थापाको नेतृवमा सोमबार भएको अनुगमन सरकारी कार्यलयमा कर्मचारी उपस्थित नभएको पाइएको हो।

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी थापाले जनताको सेवा प्रभावित पार्ने कर्मचारी विरुद्ध कारबाही गरिने बताएका छन्। अनुगमनको क्रममा जिल्ल्ला कृषि विकास कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, कोष तथा लेखा नियन्त्रण कार्यालय, खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यलय, जिल्ला हुलाक कार्यालय, जिल्ला पशु सेवा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय गरी सातवटा कार्यालय प्रमुख विहिन पाइएको थापाले जानकारी दिए।

अनुगमनमा कार्यालय प्रमुख कर्मचारीको हाजिरी, सहायता कक्ष, सफा पिउने पानी, सेवा ग्राहीलाई कर्मचारीले गर्ने व्यवहार, कार्यालय सरसफाई लगायतको सम्पूर्ण पक्षको अनुगनमन गरिएको थापाले बताए। अनुगमनमा सरकारी कार्यालयहरूमा विद्युतय प्रणलीबाट हाजिरी, टोकनबाट सेवा दिने प्रणालीको सुरुवात कुनै कार्यालयमा नभएको पाइएको छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.