डा गोविन्द केसीको अब शिक्षण अस्पतालमा उपचार हुने

जुम्लामा अनशनरत डा गोविन्द केसीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । सेनाको हेलिकप्टरले जुम्लाबाट सुर्खेत हुँदै उनलाई काठमाडौं ल्याएको हो । सैनिक मञ्च टुँडिखेलमा हेलिकेप्टर अवतरणपछि एम्बुलेन्समार्फत् केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । उनलाई आईसीयूमा राखेर उपचार गरिने छ । अनशनका क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि केसीलाई सरकारको पहलमा काठमाडौं ल्याइएको हो ।

केसी विगत २० दिनदेखि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन गरिरहेका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई सुर्खेतमा छोडेर नेपाली सेनाको हेलिकप्टर काठमाडौं आएको हो ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.