डा गोबिन्द केसी काठमाडौं आउन सहमत

जुम्लामा आमरण अनसनरत डा गोविन्द केसी काठमाडौं आउन सहमत देखिएका छन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको डा केसीले भनेका छन्

केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ । यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, डा केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा केसीसम्म पुग्नै दिएका थिएनन् ।

डा केसीले पनि आफ्नो स्वास्थ्यप्रति सरकार गम्भीर हो भने माग पुरा गर्न सरकारलाई आग्रह गरे ।
तर, स्थानीय प्रशासनले डा केसीका समर्थकमाथि लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको छ । लाठी चार्जबाट थुप्रै विद्यार्थी तथा स्थानीय घाइते समेत भएका भएका छन् ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.