डा.केसी पक्षधरलाई झड्का लाग्ने संकेत, स्वास्थ्य संस्था बन्द नगर्ने संघको चेतावनी

डा.गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहिबारका लागि आवहन गरेको देशव्यापी स्वास्थ्य सस्था बन्द कार्यक्रम असफल हुने देखिएको छ ।

नीजि मेडिकल र डेन्टल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल स्वास्थ्य सस्था बन्दको विपक्षमा उभिने भएपछि आन्दोलन असफल हुने संकेत देखिएको हो ।

एशोसिएसनले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर स्वास्थ्य संस्था बन्दको प्रतिकारमा उत्रने चेतावनी दिएको छ । एशोसिएसनका महासचिवद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा गर्न लागिएको बन्दलाई डटेर अवज्ञा गर्न आह्वान गरिएको छ ।

लाखौं बिरामीहरुको जीवन रक्षाका लागि चिकित्सकहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा निष्ठापूर्वक लागि आफ्नो कर्तव्य निर्वाह गर्न विज्ञप्तिमार्फत अपिल गरिएको हो ।

‘समस्याको समाधान वार्ताको माध्यमबाट हुने लोकतान्त्रिक विधि विपरित ‘मेरो गोरुको बाह्रै टक्का’ जस्तो गर्नु गलत भएको एशोसिएसनको ठम्याई छ, सर्वोच्चको फैसलालाई हरेक नागरिकले सम्मान गर्नुपर्छ ।

बिरामीहरुको स्वास्थ्यको ख्याल नगरी विभिन्न बहानामा बारम्बार अस्पतालहरु बन्द गर्ने परिपाटीले कसैको भलो नगर्ने समेत विज्ञप्तिमा उल्लेख छ । ३ बर्षअघि प्रस्तुत माथेमा आयोगको प्रतिवेदन जस्ताको तस्तै लागू गर्न खोज्नु व्यवहारिक तथा न्याय संगत नहुने समेत एसोसिएसनको ठहर छ ।

अध्यादेशको रुपमा संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा बिधेयक हुवहु पारित गर्नुपर्ने माग राख्दै डा.केसी जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनसन बसिरहेका छन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.