चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्ला हुदै काठकाण्डौमा अनशनरत्त डा केसीले राखेका मागको पक्षमा काठमाडौंमा भएको प्रदर्शनमा झडप हुदा केहि घाइते भएका छन् । डा गोबिन्द केसीका माग सम्बोधन गर्न दबाबका लागि नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले गरेको
प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको हो । प्रदर्शनको क्रममा झडप हुँदा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित केहि घाइते भएका छन्। त्यस्तै प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी माथि पनि हातपात भएको हो । नयाँ बानेश्वर नजिकै
डा गोबिन्द केसीका समर्थकहरूको कार्यक्रम भइरहेका बेला तरुण दलको टोली पनि सोही स्थानमा पुगेको थियो। तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास हान्नुका साथै लाठी चार्ज गरेको छ । केसीको पक्षमा उत्रिएका कांग्रेस कार्यकर्ताहरुले प्रहरीले
आफूहरुमाथि बल प्रयोग गरेको आरोप लगाएका छन्। प्रहरीले ८ सेल अश्रुग्याँस हानेको छ भने तरुण दल तथा नेविसंघका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीलेको आरोपछ छ।
Credit : raranews.com
