ट्रम्पले भने– किमसँग वार्ताका लागि तयारी गरिरहनु पर्दैन

 

अर्को साता सिंगापुरमा उत्तर कोरियाली नेता किम जोङ उनसँग हुने वार्ताका लागि आफूले खासै तयारी गर्नु नपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

ओभल प्यालेसस्थित आफ्नो अफिसमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमसँग हुने बहुप्रतीक्षित वार्ताका बारेमा आफूलाई खासै तयारी आवश्यक नरहेको जिरह गरेका हुन् ।

‘म अहिले पनि राम्रैसँग तयार छु र मलाई लाग्छ, किमसँग वार्ताका लागि मैले त्यस्तो तयारी गर्नुपर्दैन’ ट्रम्पको भनाइ उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ– ‘यो आफ्नो दृष्टिकोणको कुरा हो र काम सम्पन्न गर्ने इच्छाशक्तिको कुरा हो ।’

यसका लागि आफू धेरै अगाडिदेखि तयार रहेको र उत्तर कोरियाले पनि धेरै अगाडिदेखि नै तयारी गरेको हुन सक्ने भएकाले तयारी कस्तो छ भन्ने सवाल नै नउठ्ने ट्रम्पले जापानी प्रधानमन्त्रीसँग बताएका हुन् । ‘उनीहरुले निशस्त्रीकरण गर्नुपर्छ,’ ट्रम्पले भने– ‘हामीले अहिल्यै प्रतिबन्ध फुकुवा गर्न भने सक्दैनौं ।’

सिंगापुरको भेटवार्ता कति दिन चल्छ भनेर सोधिएको प्रश्नमा परिस्थिति हेरेर वार्ता एक दिनदेखि तीन दिनसम्म चल्न सक्ने ट्रम्पले बताए ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.