ज्वालामुखी विष्फोटमा ७ को मृत्यु, ३०० घाइते

ग्वाटेमालामा ज्वालामुखी विष्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । फुएगो ज्वालमुखी विष्फोट हुँदा ३०० घाइते भएका छन् । राजधानीबाट दक्षिण पश्चिम ४० किलोमिटरमा रहेको स्थानमा ज्वालामुखी विष्फोट भएको हो ।

आकाशमा कालो धुँवा र खरानी फैलिएको छ । ज्वालामुखीले एक गाउँलाई पुरै प्रभावित पारेको छ । ज्वालामुखीले राजधानीको विमानस्थलसमेत बन्द भएको छ ।राष्ट्रपति जिम्मी मोरालेसले राष्ट्रिय संकटकालको घोषणा गरेका छन् ।

राष्ट्रिय दैवी प्रकोप नियन्त्रण प्राधिकरणका सर्जिओ काबानासले ज्वालामुखीको लाभाले एउटा सानो गाउँलाई पुरै ध्वस्त पारेको बताएका छन् । उनले उद्धारको प्रयास भइरहेको बताए । ज्वालामुखी विष्फोटबाट १० लाख मानिस प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.