अनसनरत गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड गरेको कुरा अहिले खुब चर्चाको विषय बनेको छ । केसी पक्षकाले नेपाल प्रहरीले अस्पताल भित्र पसेर तोडफोड गरेको भन्ने आरोप लगाएका छन् भने अर्को पक्षले त्यसलाई अस्विकार गर्दै आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई मान्ने हो र भिडियो हेर्ने हो भनेपनि केसीले अब म काठमाडौं जान्छु भनेको अवस्थामा केहीले मुख्यमन्त्री सहितको टोलीलाई केसीसग भेटवार्ता गर्न दिएनन् । केसी काठमाडौं जान्छु भन्ने अवस्था पुगिसकेका बेला पनि सरकारी टोलीले भेट्न नपाउनु दुखद भएको सरकारी पक्षको भनाई छ ।
यसैविच, अस्पतालमा तोडफोड भएको, प्रहरीले प्रहरी कै गोली हानी हत्या गरेको समाचार सामाजिक संजालमा अफवाह फैलाउन सफल केही तत्वहरुले यसलाई खुब जोडतोडका साथ प्रस्तुत गरे । यसैक्रममा अस्पतालमा तोडफोडको एउटा भिडियो सार्वजनिक भएको छ । जहा केही विद्यार्थी अस्पतालका कुर्चि माथिल्लो तलाबाट धमाधम प्रहरीको भिडमा फाल्दैछन् । प्रहरीमाथि कुर्चि प्रहार भएको भिडियो तपाई आफै हेर्नुहोस् र आफै तोडफोड कसले गरेछ बुझ्नुहोस्
मिडिया र द्वन्द्वजिवीकाे बहकाउमा अाएर काे सहि काे गलत भन्नेमा नलागाैं। अस्पताल हाता भित्र के भएकाे थियाे याे भिडियोमा हराैं। pic.twitter.com/W4oObPDjeF
— नीराजन शर्मा (उमेश दुलाल) (@davils_advocate) July 20, 2018
https://platform.twitter.com/widgets.js
Credit : raranews.com
