कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लामा डाक्टर गोविन्द केसीको अनशनमा केही सीमित अराजक व्यक्ति र तत्त्वहरूले उच्छृंखलता मच्चाएको बताएका छन्। अर्काको जीवन र मरेको लाशमाथि राजनीति गर्न खोज्नेहरूबाट अराजक हर्कत भएको मुख्यमन्त्रीको
आरोप छ। मुख्यमन्त्री शाहीले जुम्लाबाट सुर्खेत आउँदै गर्दा सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गदै यस्तो बताएका हुन ।‘ प्रदेश सरकारको तर्फबाट डाक्टर केसीलाई जुम्लामा बसेर तपाईंको जीवन बचाउन सकिँदैन, आइसियुसम्म छैन, संघीय सरकारविरुद्धको
आन्दोलन भएकोले काठमाडौंमा जानको लागि डा केसीलाई अनुरोध गर्न गएको तर अस्पतालभित्र छिर्न नदिएका कारण गेटबाट नै हामी फर्केका समेत मुख्यमन्त्री शाहीले बताए। पछि केसीले आफैँ म काठमाडौं जान्छुु भनेकोले मात्र काठमाडौं पठाइएको तर कुनै दबाब र बल प्रयोग नगरेको मुख्यमन्त्री शाहीको शाहीको भनाई छ।
Credit : raranews.com
