जिम्बाबेमाथि पाकिस्तानको क्लिन स्वीप

 पाकिस्तानले जिम्बाबेसँगको ५ खेलको एक दिवसीय क्रिकेट सिरिज शृंखला क्लिन स्वीप गरेको छ । पाँचै खेलमा जित हात पार्दै पाकिस्तानले घरेलु टोली जिम्बाबेमाथि ऐतिहासिक जित निकालेको हो ।

आइबार सम्पन्न पाचौं तथा अन्तिम खेलमा पाकिस्तानले १३१ रनको विशाल जित निकाल्यो । ३६५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २३३ रन मात्रै बनाउन सक्यो । जिम्बाबेका लागि रियान मुरेयले ४७ र पिटर मोरले ४४ रनको योगदान दिएपनि पाकिस्तानलाई रोक्न भने सकेन ।

पाकिस्तानका लागि हसन अली र मोहम्मद नवाजले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३६४ रन बनाएको थियो । पाकिस्तानका लागि दुई जना खेलाडीले शतक प्रहार गरेका थिए । ओपनर इमाम उल हकले ११० रन बनाएका थिए ।

उनले १०५ बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै बाबर अजामले अविजित शतक बनाए । उनले मात्र ७६ बलमा ९ चौका र २ छक्काको मद्दतमा नटआउट १०६ रन बनाए । पाकिस्तानका लागि फखर जमानले ८५ रन बनाएका थिए ।घरेलु टिम जिम्बाब्वेले पाकिस्तानलाई ५ वटै खेल सुम्पिन पुग्यो ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.