बर्दिया जिल्ला क्लव महासंघको सहयोग तथा जिल्ला समन्वय समिति बर्दियाको आयोजनामा आयोजित प्रथम जिसस प्रमुख कप अन्तर स्थानिय तह फुटवल प्रतियोगिताको प्रतिस्पर्धामा गैर जनप्रतिनिधिहरुलाई खेलमा सहभागि गराएको भन्दै गेरुवा गाउँपालिका खेलकुद विकास समितिले आपत्ती जनाएको छ ।
गेरुवा गाउँपालिका खेलकुद विकास समितिले शुक्रवार प्रेस विज्ञप्ती प्रकाशित गरि विहिवार गेरुवा गाउँपालिका र वढैया गाउँपालिका विच भएको प्रतिस्पर्धामा निर्वाचित जनप्रतिनिधि मात्र खेल्न पाउने खेलमा बढैयाताल गाउँपालिकाले गैर जनप्रतिनिधिहरूलाई खेलमा समावेस गरी खेलाएको भन्दै आपत्ती जनाएको हो ।
खेलकुद विकास समितिका अध्यक्ष कृष्णगोपाल चौधरी र गेरुवा गाउँपालिका फुटवल टिमका टिम म्यानेजर हिमाकुमारी थरुनी द्वारा हस्ताक्षरित विज्ञप्तीमा नक्कली अभिलेख तयार गरि गैर जनप्रतिनिधिहरुलाई खेलमा समावेस गर्दा पनि आयोजक जिल्ला समन्वय समितिले कुनै चासो नदेखाई चरम लापरवाही र गैर जिम्मेवारी पन देखाएको आरोप लगाईएको छ ।
विज्ञप्तीमा खेलकुदको अनुशासन र मर्यादाविपरीत भएको कार्यको घोर भर्त्सना गर्दै विहिवार गेरुवा र वढैयाताल गाउँपालिका विचको खेल वदर गरी पुनः जनप्रतिनिधि विच मात्र खेल खेलाउन व्यवस्था गर्न माग गरिएको छ ।
Credit : onlinepana.com
