घुस लिदैं गर्दा गुठी संस्थानका कर्मचारी शर्मा पक्राउ

 ३५ हजार घुस लिदैं गर्दा गुठी संस्थान शाखा कार्यालय जलेश्वर महोत्तरी अन्तरगतको असुली फाँटका ४५ वर्षीय सहायक कर्मचारी जयकुमार शर्मालाई जलेश्वर नगरपालिका–१ स्थित कार्यालयबाटै अख्तियारले पक्राउ गरेको छ । गुठी संस्थान कार्यालय जलेश्वरका सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्यितार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।

मठिहानी नगरपालिकाका एक जना किसानले गुठीको आँप बगैंचा ठेक्कामा लिएका थिए । ठेक्का वापत उनले धरौटीमा गुठी संस्थानमा आफ्नो जग्गा राखेका थिए ।

‘उनले गुठी संस्थानलाई ठेक्का वापतको सबै रकम भुक्तान गरिसकेका थिए,’एसपी पोखरेलले भने,‘तर, गुठी संस्थानका कर्मचारी जयकुमारले ३५ हजार घुस दिए मात्र जग्गा फुकुवाको चिठ्ठी दिने भन्दै सेवाग्राहीलाई दुःख दिदै आएका थिए ।’

पीडितले घुस मागेको उजुरी बर्दिवासस्थित अख्यिारको कार्यालयमा गरेका थिए । अख्तियारको टोलीले घुस लिदैं गर्दा कर्मचारी शर्मालाई कार्यालय बाटै पक्राउ गरिएको थियो ।पक्राउ परेका शर्मालाई बर्दिवास ल्याएर अनुसन्धान थालिएको छ ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.