आफ्नै घरअगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरिवाना गर्ने प्रावधानलाई सरकारले कडाईका साथ लागू गर्ने भएको छ ।
जसको घर अगाडि फोहोर फालिएको छ, उसकै घरमा जरिवानापत्र आउनेछ, सो जरिवानापत्र पाएलगत्तै सम्बन्धित व्यक्तिले राज्यलाई जरिवाना तिर्नुपर्नेछ ।
तोकिएको समयभित्र जरिवाना नतिर्नेलाई राज्यका विभिन्न निकायबाट पाउने सेवा–सुविधाबाट वञ्चित गरिने खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
