ग्वाटेमालामा ज्वालामुखी बिस्फोट हुँदा २५ जनाको ज्यान गयो

ग्वाटेमालामा ज्वालामुखी बिस्फोट हुँदा २५ जनाको ज्यान गएको छ । फुएगो ज्वालामुखी बिस्फोट हुन्दा झण्डै ३०० जनाभन्दा बढी घाइते भएको सरकारी अधिकारीले बताएका छन् ।

राजधानी ग्वाटेमाला सिटीबाट झण्डै ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको फुएगो ज्वालामुखीबाट कालो धुवाँ र खरानी उडेको छ । ज्वालामुखी बिस्फोट हुन थालेपछि वरपरका ठाउँबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

ज्वालामुखीबाट निस्किएको लाभाका कारण एल रोडेओ गाउँ बढी प्रभावित भएको छ । यो सन् १९७४ यताकै सबैभन्दा ठूलो ज्वालामुखी बिस्फोट हो । ज्वालामुखी बिस्फोटका कारण १७ लाख मानिस प्रभावित भएको सरकारी अधिकारीले बताएका छन् ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.