गोविन्द केसीका भाइले भने– दाइलाई पक्राउ गरी काठमाडौं लान खोजियो

 

जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीसँगै रहेका उनका भाइ किशोर केसीले दाइलाई पक्राउ गरेर सरकारले काठमाडौं लान खोजेको आरोप लगाएका छन् ।

डा. केसीले काठमाडौंबाट पठाइएको शिक्षा मन्त्रालयका सचिव गुणराज लोहनी नेतृत्वको सरकारी टोलीसँग भेट्न समेत अस्वीकार गरेका छन् । केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै केसीलाई काठमाडौं ल्याउन सरकारले बिहीबार जुम्लामा हेलिकप्टर पठाएको थियो । तर, केसीले आफ्नो उपचार यहीं सम्भव रहेको भन्दै काठमाडौं आउन अस्वीकार गरे ।

डा. केसीका भाइ किशारेले भने– ‘सरकारले जबर्जस्ती गिरफ्तार गरेर काठमाडौं लान खोजेजस्तो व्यवहार देखाएको छ, हामी कुनै हालतमा त्यसो हुन दिँदैनौं ।’

‘यहाँ आईसीयू, भेन्टीलेटर सबै छ, सरकारको काठमाडौं लाने एउटा बहाना मात्रै गरेको हो, त्यसैले हामी सरकारी टोलीसँग भेट्न इच्छुक छैनौं, वार्ता सफल नभएसम्म दाइलाई काठमाडौं लान हामी दिँदैनौं’– डा. केसीका भाइ किशोरले भने ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.