गगने खाेलामा पहिराे, कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट : कर्णाली राजमार्ग अन्र्तगतको शुभकालिका गाउँपालिका .१ को गगने खोलामा पहिरो आउँदा शुक्रबार बिहान ४ बजेदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। विगतदेखि नै पहिरो खस्ने गगने खोलामा शुक्रबार बिहान पुनः पहिरो आउँदा अवरुद्ध भएको हो।

कर्णाली राजमार्ग अवरुद्ध हुदाँ जुम्ला, कालिकोटबाट नेपालगंज र सुर्खेतका लागि छुटेका सवारी साधन तथा मालबाहक ट्रक बीच बाटोमा राकिनु साथै यात्रुहरुलाई सास्ती भएको छ।  बिहानै आएको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक कार्यालयका कालिकोटका प्रमुख नन्दराम जैसीले बताए। ‘गगनेखोलामा बिहान ४ बजेतिर गएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ।’ उनले भने, ‘अवरुद्ध राजमार्ग अहिले खुलाउने प्रयास भइरहेको छ।’

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.