‘ के ओलीले डाक्टर केसी मरेको हेर्न चाहेको हो?

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डाक्टर गोविन्द केसीले राखेका चिकित्सा सुधारका माग पूरा नभए देशमा आगो बल्ने चेतावनी दिएकी छन्।

डाक्टर केसीको समर्थनमा शनिबार माइतीघरबाट बानेश्वरसम्मको प्रदर्शनमा सहभागी भएपछि आयोजित कोणसभामा बोल्दै कार्कीले डाक्टर केसीलाई राजनीतिक रङ लगाउने चेष्टा नगर्न पनि आग्रह गरिन्।

‘यो सामाजिक आन्दोलन हो, राजनीतिक होइन। सरकारले जनताले भनेको मान्नुपर्छ मानेन भने सरकार अनपपुलर हुन्छ’ उनले भनिन्, ‘डाक्टर केसीका माग पूरा भएन भने देशमा आगो बल्छ।’

सरकारको मानो खाएर सरकारकै विरोध गर्न आफू विवश भएको उनले बताइन्।

सरकारले डाक्टर केसीका माग पूरा गरी शिक्षा र स्वास्थ्यलाई गरिब जनताको पहुँचमा पुर्‍याउनु पर्ने उनले बताइन्। केसीका माग सरकारले नसुनेपछि बाध्य भएर सडकमा उत्रिएको उनले बताइन्।

यस्तै सो कार्यक्रममा बोल्दै लेखक खगेन्द्र संग्रौलाले सरकारले डाक्टर केसी मरेको हेर्न चाहेको हो भनी सरकारलाई प्रश्न गरे।

‘सरकार बदनाम भयो। के ओलीले डाक्टर केसी मरेको हेर्न चाहेको हो?’

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.