अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प सिंगापुरमा उत्तर कोरियासँग हुने भनिएको शिखरवार्तामा राष्ट्रपति डोनल्ड ट्रम्पसँग जाने छैनन् । उनी क्यानडामा अयोजना हुने जी सेभेन शिखर वार्तामा पनि ट्रम्पसँग देखिने छैनन् । ह्वाइट हाउसले आइतबार यसबारे जानकारी दिएको हो ।
मेलानियाकी प्रवक्ता स्टेफनी ग्रिशमले भनिन्, ‘उनी जी सेभेनमा समावेश हुने छैनन् र यतिबेला उनको सिंगापुर जाने कुनै योजना छैन ।’
उनलाई गत मे १० तारिखदेखि सार्वजनिक कार्यक्रममा देखिएको छैन । ४८ वर्षीया मेलानियाको मृगौलामा समस्या देखिएपछि मे १४ मा शल्यक्रिया गरिएको थियो । उनलाई मे १९ तारिखमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
उनले गत हप्ता ट्वीटमार्फत आफू ह्वाइट हाउसमा परिवारसँग आराम गरेर बसेको जानकारी दिइन् ।
Credit : raranews.com
