कालिकोटः वडा सदस्यको शंकास्पद मृत्यु

कालिकोटः जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं. ९ दलित महिला वडा सदस्य मना सार्की आइतीको शनिबार राती शंकास्पद मृत्यु भएको छ। खाना खाएर घरमा सुतेकी सार्कीको बिहान मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए।

वडा सदस्यको मृत्यु भएको खबर प्रहरी जानकारी आएको र अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिएरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक निरज चौलागाईले बताए । ‘घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेका छ,’ उनले भने, ‘मृत्युको कारण यसै हो भन्न सकिदैँन् ।’ मृतक सार्कीलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोटमा ल्याउने तयारी भइरहेको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.