कारागारभित्र के गर्दैछन् ‘भीआईपी’ कैदी ?

 

डिल्लीबजारस्थित कारागारमा पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा, कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दिपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालगायतका कैदीहरु सजायका साथ सुविधाभोगी जीवन बिताक्ष्रहेका ‘पूर्वभीआईपीहरु’ हुन् ।

सुडान घोटाला काण्डमा दोषी ठहर भई दुई जर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजायँ सुनाइएका पूर्वआईजीपी राणा झन्डै एक वर्षदेखि जेलमा छन् । कारागारको ‘क’ ब्लकमा रहेका उनी अधिकांश समय टेलिभिजन हेरेर बिताउँछन् ।

सशस्त्रका पूर्वडीआईजी रञ्जन जेलमा पनि सन्की व्यवहार देखाउँछन् । दिपक मनाङेले पनि घरमा जस्तै रवाफिलो शैली देखाउने गरेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.