शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारमा प्रधानमन्त्री भन्दा ‘ग्ल्यामर’ थिइन् पत्नी आर्जु राणा देउवा । अहिले पनि कांग्रेसको शिर्ष सत्ता उनैकको हातमा छ ।
देउवा सभापतिमा निर्वाचित भएपछि कांग्रेसजनको नेतृत्व र संगठनको सक्रियताको योग्यताको मापन संगठनमा भए पनि त्यसको लाइसेन्स आर्जुले मात्र दिने गरेकी थिइन् । त्यसैको उपजमा नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर र नेपाल तरुण दलको अध्यक्षमा जितजंग बस्नेतलाई नेतृत्व दिइयो ।
सरकारको नेतृत्व भएका बेला कर्मचारीतन्त्रमा आर्जुको हस्तक्षेप अत्यधिक थियो । पार्टीमा अहिले पनि उनको हस्तक्षेप बलियो छ ।
त्यसकारण निर्वाचनमा भएको धोकाधडीको कारबाही अन्य जिल्लामा नहुँदा नहुँदै पनि कैलाली–५ मा भयो । ‘शक्ति केन्द्र र नेतृत्व कति हस्तक्षेपकारी हुन्छ भन्ने उदाहरण आर्जु हुन्’, एक कांग्रेस नेताले भने,‘सभापतिको केही चल्दैन, उनकै चल्ने हो । सिक्का पनि हिस्सा पनि आर्जु भाउजूकै चल्छ ।’
कांग्रेसमा आर्जुको ‘ग्ल्यामर’ छ । त्यसैले अहिले ‘दाई’ भन्दा बढि विक्ने सम्बोधन बनेको छ ‘भाउजू’ । उनै ग्ल्यामर भाउजूले समसामयिक राजनीतिक विषयमा टिप्पणी गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई अधिनायकवादी र एकलवादी भनेकी छन् । उनले कांग्रेसीजनले प्रयो गर्ने ‘जय नेपाल’को पनि व्याख्या गरेकी छन् । उनले भनेकी छन्,‘जय नेपाल एक अभियान हो । लोकतान्त्रिक नेपालको सूचक हो ।’
लोकतान्त्रिक पद्दतीमार्फत सरकारको नेतृत्व गरेको ने क पा बहुमतले सरकारमा भए पनि जनताको आशिर्वादको अवहेलना गरी मूल पहिचान एकलवादमा प्रवेश गरेको आर्जुको आरोप छ ।
उनले सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा भएको सरकारी हस्तक्षेप्रति भत्र्सना गर्दै भनेकी छन्, ‘सरकारले लोकतन्त्रको हत्या गरिरहेको छ ।
Credit : onlinepana.com
