कर्णालीका मुख्यमन्त्री शाही डा केसीलाई भेट्न कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा

चिकित्सा शिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबीबीएस पढाई सुरु गर्नुपर्ने लागायतका माग राखेर अनसनरत डा केसीलाई सरकारले बिहीबार काठमाडौं लैजाने तयारी गरेसँगै उनलाई लान नेपालगन्जबाट सेनाको हेलिकप्टर जुम्ला पुगेको हो ।

नेपालगन्जबाट आएको हेलिकप्टरमा सवार भएर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन्। उनी अस्पताल परिसर पुगे लगत्तै नाराबाजी गर्दै विद्यार्थीहरुले भित्र प्रवेश गर्न दिएका छैनन्।

डा केसीलाई काठमाडौं ल्याउन नेपालगन्जबाट सेनाको हेलिकप्टर जुम्ला पुगेसँगै अस्पताल परिसरलाई प्रहरीले घेराबन्दी गरेको छ। त्यहाँ सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.