कक्षा ११ र १२ मा चार विषय अनिवार्य, ९ र १० मा पाँच

काठमाडौं : सरकारले विद्यालय तहको पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ। मुलुक संघीय  प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकुल विद्यालय तहको नयाँ पाठ्यक्रम प्रारूप पारित गरेको समाचार राजधानी दैनिकले लेखेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्टिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदद्वारा पारित पाठ्यक्रम प्रारूप २०७५ अनुसार कक्षा ११ र १२ मा चार विषय अनिवार्य गराइएको छ। कक्षा ११ र १२लाई एकल पथीय बनाइएको छ। योसँगै कक्षा ११ र १२ कक्षामा संकाय(फ्याकल्टी) प्रणली हटाइएको छ।

अब विद्यार्थीले यसअघिको विज्ञान संकायको कुनै एक विषय र मानविकी तथा शिक्षाको अन्य कुनै विषय पनि रोजेर पढ्न पाउँछन्। कक्षा ११ र १२ मा नेपाली अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य गरिएको छ। कक्षा ९१० मा पाँच विषय अनिवार्य गरिएको छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.