प्रा.डा. गोविन्द केसीको मागसहितका विषयमा प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ ।
सभापति शेरबहादुर देउवाले बिहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका नेताहरुसँग छलफल गरेको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले बताए ।
सरकारले ल्याएको विधेयकमा चिकित्सा शिक्षा अध्यादेशको आशय नै तोडमोड गरेको भन्दै नयाँ बन्ने ऐनमा अध्यादेशका बुँदा हुबहु स्थापित गराउने विषयमा दुवै पार्टीका नेतासँग देउवाले साथ मागेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
