ओली सत्तामा आएपछि पाचौंपटक बढ्यो पेट्रोलियम पर्दाथको मूल्य, केमा कति ?

अन्तर्ष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भए पछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट मूल्य बढेर आएपछि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन (एटीएफ) को मूल्य भाउ बढाएको हो ।

पेट्रोल, डिजेल, मट्टीतेल प्रति लिटर तीन —तीन रूपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ, अन्तराष्टियतर्फ प्रति केएल ७५ डलर बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।

भाउ बढेपछि पेट्रोलको मूल्य प्रति लिटर एक सय १३ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ पुगेको छ । एटीएफ आन्तरिकतर्फ तर्फ प्रतिलिटर १०० रुपैयाँ र अन्तराष्ट्रितर्फ प्रति केएल ७५ डलर बढेर एक हजार ७५ डलर पुगेको छ ।

वृद्धि भएको मूल्य शनिबार राति १२ बजेबाट कार्यान्वयनमा आउने छ । मूल्य बढाउँदा पनि निगमको पाक्षिक घाटा १८ करोड रहेको निगमले जनाएको छ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.