एसपी–डीएसपी बढुवा : प्राथिमिकतामा नेताका अंगरक्षक !

नेपाल प्रहरीमा भएको केही दिनअघिको बढुवा सिफारिसमा प्रधानमन्त्रीदेखि दलका नेताहरुको सुरक्षामा खटिने प्रहरी अधिकृतहरु प्राथमिकतामा परेका छन् ।

प्रहरी उपरीक्षक एसपी र प्रहरी नायब उपरीक्षक डीएसपी को बढुवा समितिले कार्य क्षेत्रमा खटिएका अधिकृतहरुलाई भन्दा अंगरक्षकलाई प्राथमिकता दिएर सिफारिस गरेको गरेको हो । तीन वर्षको कार्यसम्पादन मूल्यांकनमा पनि अंगरक्षकहरुको अंक बढी देखिएपछि बढुवा त्यही अनुसार भएको प्रहरीको उच्च स्रोतको बतायो ।

बढुवामा अंगरक्षकलाई प्राथमिकता दिँदा कार्यक्षेत्रमा खटिएका अधिकृतहरु मर्कामा परेको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.