एनआई सी एशिया बैंक र सुर्या लाईफ ईन्स्योरेन्सकम्पनीको बैंकास्योरेन्स सम्झौता

एनआई सी एशिया बैंक लिमिटेडले सुर्या लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकमहानुभावहरुले मुलुकभर फैलिएकाबैंकको २३२ वटै शाखाहरुबाट सहज रुपमासुर्या लाईफइन्स्योरेन्स कम्पनीको जिवनबिमापोलिसीहरु खरिदगर्न सक्नुहुनेछ ।

उक्तसम्झौतापत्रमा बैंकको तर्फबाट बैंककाका.मु.प्रमुखकार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभयो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर २३२शाखाकार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. १७५अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५० अर्बपुगिनिजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. ११९ अर्ब सहितनिजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ ।

हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब ११ लाख७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.