एनआई सी एशिया बैंक लिमिटेडले विश्ववातावरण दिवसको उपलक्ष्यमा“एक कर्मचारी, एक फलफुलविरुवा”भन्ने नाराका साथएवं आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत धापासी स्थित बैंकको प्राङ्गण एवं बैंकको आफ्ना सम्पूर्ण क्षेत्रीयकार्यालयहरु एवं शाखाकार्यालयहरुको प्राङ्गणभित्रवृक्षारोपण कार्यक्रमसम्पन्न गरेको छ ।
बिभिन्न प्रजातीहरुकाफलफूल र अन्य प्रजातीकाबोटविरुवाहरुको वृक्षारोपण गर्दै हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु-याउने बैंकले विश्वास लिएको छ ।
एनआई सी एशिया बैंकले देशभरी रहेका आफ्ना क्षेत्रीय कार्यालय तथा शाखा कार्यालयहरुको मार्फत देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदानआदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागिउपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्थावा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले हाल सम्मकरिब ११००० विरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियालीकायमगर्न महत्वपूर्ण योगदान पु-याएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१८ शाखाकार्यालयहरु, २०६ एटिएम, १० वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।
बैंकको वासलातको आकार रू १६४अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११४अर्ब र कुलनिक्षेप करिब रू १३९अर्ब पुगिसकेको छ ।
हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुलकर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजीलगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।
Credit : onlinepana.com
