उपेन्द्र यादव स्वास्थ्यमन्त्री, इस्तियाक राइ सहरी विकास मन्त्री

काठमाडौँ : सरकारमा जाने सहमति गरेको संघीय समाजवादी फोरमका दुई मन्त्रीहरुले शुक्रबार दिउँसो तीन बजे शपथ लिने भएका छन्।

ने क पाको सरकारमा फोरम जाने सहमति केही दिनअघि भए पनि शुक्रबार फोरमका तर्फबाट उपेन्द्र यादव र मोहम्मद इस्तियाक राइले शपथ लिने भएका हुन्।

यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्दै छन् भने राइले सहरी विकास मन्त्रालय सम्हाल्ने भएका छन्।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार यादव र राइको तीन बजे शपथका लागि तयारी भइसकेको छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.