उपेन्द्र यादवले गरे अहिले सम्मकै ठुलाे खुलासा, प्रदेश २ को सरकारबाट राजपा बाहिरिएपछि को हुन्छ मुख्यमन्त्री?

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व गरेको नवगठित नेकपाप्रति संविधान संशोधनका विषयमा अन्तिम पटक विश्वास गरेर सरकारमा सहभागी भएको बताएका छन्। फोरम अध्यक्ष यादव सरकारमा सहभागी भर्इ मन्त्री भएर पद तथा गोपनियताको सपथसमेत ग्रहण गरिसकेका छन्।

नेकपाका द्धय अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दहालले संशोधन गर्ने लिखित प्रतिबद्धता जनाएकाले अविश्वास गर्नु पर्ने कारण नभएको उनको भनाइ छ।

तर संशोधन नहुने अवस्था आएमा निर्णय गर्न आफ्नो दल स्वतन्त्र रहेको पनि उनले स्पष्ट पारे। फोरम नेतृत्वको प्रदेश २ को सरकारलाई दिएको समर्थन नेकपाले फिर्ता लिएको भोलिपल्ट नेकपा र फोरमबीच दुई बुँदे सहमति भएको थियो।

प्रधानमन्त्री ओलीले त्यहाँका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको केन्द्र सरकारप्रतिको आलोचनात्मक अभिव्यक्तिलाई लिएर यादवसँग साना तिना कुरामा अहिलेपनि केही असन्तुष्टि रहेको स्रोतले बताएको छ। स्रोतका अनुसार प्रमओलीले दुर्इ तिहार्इ बढि बहुमत कायम गर्नको लागि पनि फोरमलार्इ सरकारमा सहभागी गराएका हुन्।

एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेकपा प्रदेश २ मा सबैभन्दा ठूलो दल भएको छ। प्रादेशिक सरकारको नेतृत्वको फेरबदलको सम्भावनाबारे अध्यक्ष यादवले भने, ‘अहिले प्रदेश २ को नेतृत्व परिवर्तन हुँदैन।’

उनले थप्दै भने,’सरकारको काम हेरेर मूल्याङ्कन गर्ने र सन्तोषजनक काम हुन नसकेको खण्डमा सन्तोषजनक बनाउने उपाय खोजिने छ।’ उपाय अनाउँदा पनि सन्तोषजनक काम हुन नसके परिस्थीति अनुसार ‘जनताको हितमा जे गर्न उचित हुन्छ ‘त्यही गरिने यादवले बताए । यादवको यो कुरा पुष्टि हुन जान्छ की नेकपासँग मिली प्रदेशमा २ सरकार बनाउने योजनामा रहेका छन्।

स्रोतका अनुसार फोरम नेकपासँग मिली सकारर बनाएपनि मुख्यमन्त्रीको परिवर्तन नहुने अडानमा अध्यक्ष यादव रहेका छन् । संविधान अनुसार यदि प्रदेश २ मा फोरमले नेकपासँग मिली सरकार बनाउन खोज्यो भने राजपा सत्ता बाहिर जानु पर्ने हुन्छ। स्रोतका अनुसार नेकपाको रणनीति भने यस्तै रहेको छ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.