आसेपासेलाई सरकारले बाँड्यो ३ महिनामा १ करोडभन्दा बढी

सरकारले उपचारखर्च र आर्थिक सहायताका नाममा ३ महिनामा १ करोडभन्दा बढी रकम बाँडेको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएयता मन्त्रिपरिषद् बैठकमार्फत् १ करोडभन्दा बढी आर्थिक सहयोग बाँडिएको हो ।

कतिपय सहयोग लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित बनेका, विभिन्न आन्दोलनका घाइते तथा अंगभंग भएकाको जीविकोपार्जनका लागि गरिएको भए पनि बाँकी सहयोग पहुँच र प्रभावका आधारमा बाँडिएको हो ।

यो अवधिमै सरकारले एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङका लागि सवारी, निजामतीका चालक र इन्धनबापतको मासिक रकम दिने निर्णण मन्त्रिपरिषदबाट अनुमोदन गराएको खबर बिहीबारको कारोबार दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.